SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ १०:५० AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक : काँग्रेस

 काठमाडौं,२९ भदौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई पुनः अलोकतान्त्रिक र असंवैधानिक करार गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रतिनिधिसभा विघटनको विरोधमा दृढ रहेको स्पष्ट पारे । खड्काले प्रतिनिधिसभा विघटनको कदम संविधान र त्यसद्वारा प्रत्याभूत नागरिक अधिकारमाथि कुठराघात भएको उल्लेख गरेका छन् ।