SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

भण्डारी बनिन् पहिलो महिला महान्यायाधिवक्ता

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमाराष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । भण्डारी नेपालको पहिलो महान्यायाधिवक्तासमेत बनेकी छिन् । आजै यसअघिका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए ।