SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०१:४६ AM · 1 मिनेट पढाइ

कैदी भाग्ने डरले सन्धिखर्कमा निषेधाज्ञा

अर्घाखाँची, ३० भदौ ।  अर्घाखाँची जिल्लामा कैदी बन्दीहरू जेल तोडेर भाग्न सक्ने आशङ्का भएपछि जिल्ला प्रशासन कार्यालयले सन्धिखर्क स्थित कारागार परिसर वरपर निषेधाज्ञा जारी गरेको छ । आइतबार बिहान १२ बजेदेखि लागू भएको यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।