SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०३:१९ AM · 1 मिनेट पढाइ

दाङका स्थानीय सरकार काममा

लमही, ३० भदौ । दाङमा सबै पालिकाले आइतबारदेखि सेवा सुचारु गरेको बताए । पछिल्लो आन्दोलनका कारण बन्द भएका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका हुन् । घोराही उपमहानगरपालिका, गढवा, राप्ती र बंगलाचुली गाउँपालिकाले शनिबार सूचना जारी गरी भदौ २९ गते आइतबारदेखि सम्पूर्ण विद्यालय सञ्चालन गरिने जानकारी दिएका थिए ।