SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०३:३२ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा सरकारी कार्यालयको सेवा सुचारु 

कपिलवस्तु, ३० भदौ । जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिमा जिल्लाका सरकारी कार्यालयबाट रोकिएका सेवा पुनः सुचारु भएको छ । जिल्लाका सबै सरकारी कार्यालयले पूर्ववत् रूपमा पूर्ण सेवा सञ्चालन गरेका छन् । जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालयलाई कार्यालयको सेवा सुचारु गर्न दिएको निर्देशन अनुसार आइतबार देखी नै पूर्ण रूपमा सेवा सुचारु गरिएको हो ।