SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०४:२६ AM · 1 मिनेट पढाइ

क्षतिग्रस्त बाँकेका केही सरकारी कार्यालयहरूले अस्थायी रूपमा सेवा सुरु गरे

नेपालगन्ज, ३० भदौ । जेनजी आन्दोलनपछि क्षतिग्रस्त बाँकेका केही कार्यालयहरूले अस्थायी रूपमा सेवा सुरु गरेका छन् । आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका बाँकेका करिब दुई दर्जन बढी विभिन्न सरकारी कार्यालयमध्ये केहीले आइतबारदेखि अस्थायी रूपमा सेवा प्रवाह सुरु गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर–नेपालगन्ज इजलासले अस्थायी संरचनाबाट सेवा दिन थालेको बताएका छन् ।