SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०५:२५ AM · 1 मिनेट पढाइ

सुनको मूल्यमा सामान्य वृद्धि

काठमान्डौ, ३० भदौ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो । आइतबार भने सोही सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।