SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०७:५४ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री खनालको पहिलो निर्णय: टुक्रे र अपूर्ण आयोजना स्थगित

काठमाडौँ, ३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि मन्त्रालयका कर्मचारीहरूले मन्त्री खनाललाई स्वागत गरेका थिए । मन्त्री खनालले पदभार ग्रहण गर्दै आफूलाई “माननीय” नभन्न आग्रह गरेका छन् । उनले पहिलो निर्णयका रूपमा पूर्व तयारी नभएका र अपूर्ण आयोजनाहरू कार्यान्वयन नगर्ने निर्णय गरेका छन् ।