SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०८:१७ AM · 1 मिनेट पढाइ

अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन, ३० भदौ । चितवनको इच्छाकामना–५ स्थित तुइनखोलानजिक खसेको पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी रूपमा पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ९ बजेदेखि सडक एकतर्फी मात्र सञ्चालनमा रहेको थियो ।