SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

वन जोगाउन गस्ती

बर्दिया, ३० भदौ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा स्थानीयले संयुक्त रूपमा गस्ती गर्न थालेका छन् । मध्यवर्ती क्षेत्रसँग जोडिएको सबै सामुदायिक वनमा स्थानीय चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान, नेपाली सेना, निकुञ्जमा कार्यरत कर्मचारीले संयुक्त रूपमा गस्ती गर्न थालेका छन् ।