SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

तलबभत्ता र सुरक्षा लगायत कुनै सुविधा नलिने ऊर्जामन्त्री घिसिङको घोषणा

काठमान्डौ, ३० भदौ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहणपछि आफूले सरकारी तलब, भत्ता, सुरक्षा लगायत कुनै सुविधा नलिने घोषणा गरेका छन् । सोमबार ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले आफूले पाउने सम्पूर्ण तलबभत्ता सहिद परिवारको नाममा स्थापना गरिने विशेष कोषमा जम्मा गर्ने जानकारी दिए ।