SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ १०:४१ AM · 1 मिनेट पढाइ

युवाले धैर्य देखाएको भए, एमाले नै आकांक्षा पूरा गर्ने पार्टी बन्ने थियो : शंकर पोखरेल

काठमाडौँ, ३० भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनबारे टिप्पणी गर्दै आफ्नो पार्टी युवाहरूको आकांक्षा पूरा गर्ने बाटोमै अघि बढिरहेको बताए । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलको अनुगमनपछि कार्यकर्ता र सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।