SHARE
बुटवल टुडे · सोमबार ३० भौ २०८२ १०:५५ AM · 1 मिनेट पढाइ

विराटनगर भाटभटेनीमा जलेको अवस्थामा शव फेला

काठमाडौँ । भाटभटेनी सुपरमार्केटको विराटनगरस्थित भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ । सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको शव भेटिएको मोरङ प्रहरीले जानकारी दिएको छ । जेन–जी आन्दोलनका क्रममा सो सुपरमार्केटमा आगजनी र तोडफोड भएको थियो।