SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ १२:१० AM · 1 मिनेट पढाइ

संविधानको संरक्षकका रूपमा राष्ट्रपतिले निकास दिने, प्रधानमन्त्रीमा सुशीला कार्की

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालक र संरक्षकमा रूपमा वर्तमान संकटको निकास दिने भएका छन्। राष्ट्रपति पौडेलले संविधानमा ‘कमभन्दा कम क्षति पुग्ने गरी’ संसदबाहिरबाट प्रधानमन्त्री चयन र अन्तरिम सरकार गठन गर्ने बाटो निकाल्न लागेका हुन्। जेनजीका तर्फबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन पनि राष्ट्रपति तयार भएका छन्।