SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०१:४८ AM · 1 मिनेट पढाइ

आज काठमाडौँमा बिहान ५ घण्टा र साँझ २ घण्टाका लागि आवतजावत खुला

काठमाडौँ, २७ भदौ ।  नेपाली सेनाले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्युको समय केही परिमार्जन गरेको छ । सेनाको जनसम्पर्क निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई आवतजावत गर्न अनुमति दिइने जनाएको छ ।