SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०२:३२ AM · 1 मिनेट पढाइ

अन्तरिम सरकार गठनबारे शीतल निवास वार्ता स्थगित, शुक्रबार बिहान ९ बजे पुनः बस्ने

काठमाडौँ । अन्तरिम सरकार गठनसम्बन्धी शीतल निवासमा बिहीबारदेखि जारी वार्ता निष्कर्षमा नपुगी शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा प्रमुख दलहरू र राष्ट्रपति रामचन्द्र पौडेलबीच सहमति नजिक पुगेपनि संविधानले तोकेको प्रक्रिया नै सबैभन्दा ठूलो चुनौती बनेको छ ।