SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०५:१३ AM · 1 मिनेट पढाइ

नवलपरासी कारागारमा आफै फर्किए १२ जना कैदीबन्दी

नवलपरासी, २७ भदौ ।  जिल्ला कारागार पश्चिम नवलपरासीबाट बुधवार निस्किएका कैदीबन्दीमध्ये बिहीबार साँझ सम्म १२ जना कारागार फर्किएका छन् । बुधवार बिहान कारागारमा असहज परिस्थिति सृजना भएपछि निस्किएका कैदीबन्दी क्रमशः फर्किन थालेका हुन् । बिहीबार ११ पुरुष र १ जना महिला कारागारमा फिर्ता आएको कारागारका कार्यालय प्रमुख बिकल श्रेष्ठले जानकारी दिए ।