SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०५:३७ AM · 1 मिनेट पढाइ

घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल र जेनजी रुपन्देहको सहमति

बुटवल, २७ भदौ । जेनजी रुपन्देहीको पहलमा हाल चलिरहेको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण युवाहरूको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क रूपमा हुने भएको छ । जेनजी रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पतालबीच भएको सहमतिअनुसार आन्दोलनमा घाइते भएका सम्पूर्ण व्यक्तिहरूलाई आवश्यक उपचार तत्काल उपलब्ध गराइनेछ ।