SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०६:११ AM · 1 मिनेट पढाइ

खाना पकाउने ग्यासको अभाव नरहेको निगमको स्पष्ट

काठमान्डौ, २७ भदौ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेको छ । पछिल्ला दिनमा ग्यास अभाव हुने हल्ला फैलिरहे पनि निगमका प्रवक्ता मनोजकुमार ठाकुरले नियमित आपूर्ति भइरहेकाले उपभोक्तालाइ नआत्तिन आग्रह गरेका छन ।