SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०६:३८ AM · 1 मिनेट पढाइ

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी

काठमान्डौ, २७ भदौ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी सुरु भएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयहरूको स्थलगत अनुगमन गरेपछि यस्तो तयारी अघि बढाइएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ ।