SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०६:५४ AM · 1 मिनेट पढाइ

हाम्रो अनुहारमा दाग लागेको छ, देशसँग माफी माग्नुपर्छ- गगन थापा

काठमान्डौ, २७ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको अनुहारमा दाग लागेको भन्दै जनतासँग माफी माग्नुपर्ने धारणा व्यक्त गरेका छन् । भदौ २३ गतेको अकल्पनीय घटनामा कांग्रेस सरकारमै रहेका कारण पार्टीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । एक भिडियो सन्देशमार्फत उनले आफूहरु व्यक्तिगत रूपमा सरकारमा नभएपनि आफ्नो पार्टी सरकारमा रहेको बताए ।