जेनजी आन्दोलनका मृतकको शव परिवारलाई हस्तान्तरण गर्न सुरु
काठमान्डौ, २७ भदौ । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ । महाराजगञ्जस्थित महाराजगञ्ज मेडिकल क्याम्पसमा शव परीक्षण गरी सम्बन्धित परिवारलाई बुझाउने प्रक्रिया जारी छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, देशभर जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
