सभामुख र राष्ट्रिय सभा अध्यक्ष भन्छन् – संविधानवादबाट बाहिर जानुहुँदैन
काठमान्डौ, २७ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई सर्वोच्च प्राथमिकतामा राख्दै संवैधानिक प्रक्रियामार्फतै समाधान खोज्न राष्ट्रपतिले पहल गरिरहेको बताएका छन् । उनीहरूले विधिको शासन र संविधानवादबाट बाहिर नजानुपर्ने पनि जोड दिएका छन् ।
