SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०९:०२ AM · 1 मिनेट पढाइ

रुपन्देहीबाट ६ जना विदेशी सहित ७ कैदी पक्राउ 

भैरहवा, २७ भदौ । नेपालमा जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जना कैदी बन्दीहरूलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, प्रदर्शनकारीले कारागारहरूमा तोडफोड र आगजनी गरेपछि भागेका कैदी बन्दीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी युनिटहरूले पक्राउ गरेको हो ।