SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०९:१९ AM · 1 मिनेट पढाइ

उद्योग व्यापार सञ्चालन गर्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आग्रह

भैरहवा, २७ भदौ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले बन्द गरिएका उद्योग व्यवसाय सञ्चालन गर्न अपिल गरेको छ । शुक्रबार सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले एक विज्ञप्ति जारी गर्दै उद्योगी तथा व्यवसायीलाई आ–आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् ।