SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा १४ आन्तरिक राजस्व र ५ भन्सार कार्यालय पूर्णरूपमा नष्ट

काठमाडौं, २७ भदौ ।  जेनजीआन्दोलनका क्रममा अर्थ मन्त्रालय मातहतका १४ आन्तरिक राजस्व कार्यालय (आराे) र पाँच भन्सार कार्यालय पूर्णरूपमा जलेर नष्ट भएका छन् । अर्थ मन्त्रालयका अनुसार थप चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति पुगेको छ ।