SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ १०:२१ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा मृत्यु भएका सुलभ र आयुषको शव नेपालगन्ज ल्याइँदै

नेपालगन्ज । काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी ज्यान गुमाएका नेपालगन्ज–१ का २३ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको पार्थिव शरीर आज नेपालगन्ज ल्याइँदै छ । शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सकिएपछि दिउँसो विशेष विमानमार्फत शव ल्याउन लागिएको  हो । सुलभको अन्तिम संस्कार आजै गरिने भएको छ ।