SHARE
बुटवल टुडे · शुक्रबार​ २७ भौ २०८२ ०३:५० PM · 1 मिनेट पढाइ

सुशीला कार्कीलाई सरकारको प्रमुख बनाएपछि माओवादीले गर्‍यो भर्त्सना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रमुख सुशीला कार्कीलाई बनाएकोमा नेकपा माओवादी केन्द्रले भर्त्सना गरेको छ । सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथ लिने तयारी गरिरहेको बेला शुक्रबार माओवादी केन्द्रकाे पदाधिकारीको भर्चुअल बैठकले भर्त्सना गरेको हो ।