SHARE
बुटवल टुडे · शनिबार २८ भौ २०८२ १२:२७ AM · 1 मिनेट पढाइ

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भारतले गर्‍यो स्वागत, मिलेर काम गर्न तयार

काठमाडौँ । नेपालमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएकामा भारतले स्वागत गरेको छ। भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कार्की नेतृत्वको सरकारले शान्ति र स्थायित्व कायम गर्न सफल हुनेमा विश्वास पनि व्यकत गरेको छ।