प्रधानमन्त्री कार्कीको शपथमा पूर्वप्रधानमन्त्रीमध्ये भट्टराई मात्रै सहभागी
काठमाडौं, २८ भदौ । प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये बाबुराम भट्टराई मात्र सहभागी भए । अन्य कुनै पूर्वप्रधानमन्त्री समारोहमा उपस्थित भएनन् । विगतमा यस्ता समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरू उपस्थित हुने प्रचलन थियो । निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा आफ्नो उत्तराधिकारीलाई औपचारिक रूपमा कुर्सी हस्तान्तरण गर्ने परम्परा पनि रहँदै आएको थियो ।
