SHARE
बुटवल टुडे · शनिबार २८ भौ २०८२ ०२:१८ AM · 1 मिनेट पढाइ

रवि लामिछाने कारागारबाट निस्किने बेलाको पत्र फेक होइन, साक्षी मै थिएँ : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले जेन-जी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका सभापति रवि लामिछानेले पाएको पत्र नक्कली नभएको स्पष्ट पारेका छन् । अर्यालले आफू लामिछाने जेलबाट बाहिरिँदा साक्षी रहेको र सो पत्र बुझ्ने पनि आफैं भएको दाबी गरेका छन् ।