म मन्त्री बन्ने चर्चा भ्रम मात्र हो: सुमना श्रेष्ठ
काठमान्डौ, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले आफू प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी हुने तयारीमा नरहेको स्पष्ट पारेकी छिन् । सामाजिक सञ्जालमा बढ्दो अडकलबाजीपछि शनिबार फेसबुक लाइभमार्फत प्रतिक्रिया दिँदै उनले भनिन्, “कलिला भाइबहिनीहरूको बलिदानमा मन्त्री बन्ने सपना नराखौं। संस्कार परिवर्तनमा लाग्नुपर्छ, सत्ता होइन। सेवा सोचौं, कुर्सी होइन। कर्म सोचौं, नाम होइन।
