SHARE
बुटवल टुडे · शनिबार २८ भौ २०८२ ०५:४८ AM · 1 मिनेट पढाइ

काठमाडौंमा शपथग्रहण चलिरहँदा नेपालगञ्जमा शवयात्रा, जेन-जी बलिदानीको अन्तिम श्रद्धाञ्जली

काठमाडौं,२८ भदौ । काठमाडौंमा नयाँ सरकार गठनका प्रयास चलिरहेको बेला शुक्रबार साँझ नेपालगञ्जको दृश्य अलि फरक थियो । बुद्ध एयरको विमान काठमाडौंबाट नेपालगञ्जका लागि उडेको खबरसँगै विमानस्थलमा चहलपहल बढेको थियोv। नेपालगञ्ज धम्बोझीका श्रेष्ठ परिवारका सदस्यहरू तथा स्थानीय अगुवाहरू विमानस्थल परिसरमा भेला भएका थिए ।