SHARE
बुटवल टुडे · शनिबार २८ भौ २०८२ ०६:१६ AM · 1 मिनेट पढाइ

शनिबारदेखि देशभर सार्वजनिक यातायात सञ्चालन

काठमान्डौ, २८ भदौ । जेनजी आन्दोलनका कारण केही दिन अवरुद्ध बनेको सार्वजनिक यातायात शनिबारदेखि देशभर सञ्चालनमा आएको छ । मंगलबारदेखि उपत्यकालगायत विभिन्न स्थानमा भएको प्रदर्शनका कारण पूर्ण रूपमा बन्द रहेको यातायात सेवा अब स्थानीय सरकार र प्रशासनसँगको समन्वयमा पुनः सञ्चालनमा ल्याइएको हो ।