SHARE
बुटवल टुडे · शनिबार २८ भौ २०८२ ११:०६ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका घाइते भेट्न अस्पतालमा प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनमा घाइते भएका युवाहरूसँग भेटघाट गरेकी छिन्। उनले विभिन्न अस्पतालहरूमा पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थबारे जानकारी लिएकी हुन्। कार्कीले वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर घाइतेहरूलाई भेटेकी हुन्। त्यस्तै आन्दोलनका क्रममा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको पनि उनले स्थलगत अनुगमन गर्ने बताइएको छ।