SHARE
बुटवल टुडे · शनिबार २८ भौ २०८२ ११:१२ AM · 1 मिनेट पढाइ

सुर्खेतका विद्यालय ४ दिनसम्म बन्द हुने

सुर्खेत,२८ भदौ ।  सुर्खेतका सामुदायिक विद्यालयहरू चार दिनसम्म बन्द हुने भएका छन् । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली प्रकट गर्दै विद्यालयहरू बन्द हुने भएका हुन् । आज एक विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल, सुर्खेतले जिल्लाका सामुदायिक विद्यालयहरू ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।