SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०२:२७ AM · 1 मिनेट पढाइ

‘ऐतिहासिक दायित्व र कार्यभार पूरा गर’

मुलुकले इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । विशेष परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि देशैभर क्रिया प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । भारत लगायत मुलुकले कार्कीलाई बधाई दिएका छन् । अवैधानिक तरिकाले प्रधानमन्त्री नियुक्त गरिएको भन्दै विभिन्न राजनैतिक दल र नेपाल बारले विरोध गरेका छन् ।