SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०४:४२ AM · 1 मिनेट पढाइ

आजदेखि सुकिला नोट वितरण हुने

काठमान्डौ, २९ भदौ । दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण सुरु गरेको छ । असोज १० गतेसम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नोट सटही गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।