SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०६:०० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीद्वारा सिंहदरबारमा पदभार ग्रहण

काठमान्डौ, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणअघि उनले लैनचौरमा रहेका सहिदको प्रतिमामा माल्यार्पण पनि गरेकी थिइन् । जेनजी आन्दोलनको दबाबपछि गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकी छिन् ।