SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०६:१० AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख रुपैयाँ राहत

काठमान्डौ, २९ भदौ । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी छन् ।