अमेरिकी गुप्तचर निकाय भन्छः रुसले केही वर्षभित्र नेटो आवद्ध राष्ट्रमाथि रुसले हमला गर्न सक्छ
एजेन्सी– रुसले आगामी केही वर्षभित्र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) राष्ट्रमाथि हमला गर्न सक्ने अमेरिकी गुप्तचर निकायले आकलन गरेको छ । अमेरिकी अखबार ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार रुसले कुनै सदस्य राष्ट्रमाथि साइबर हमला, हाइब्रिड कारबाही वा सीमित सैन्य घुसपैठ गर्न सक्ने दाबी गरेको छ ।