SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०६:०१ AM · 1 मिनेट पढाइ

सांसद असिम शाहले दिए राजीनामा, जेनजी आन्दोलनमा संलग्न हुने घोषणा

काठमाडौं, भदौ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले संसद त्यागेर जेनजी आन्दोलनमा प्रत्यक्ष रूपमा संलग्न हुने घोषणा गरेका हुन् । मंगलबार जारी प्रेस विज्ञप्तिमार्फत शाहले तत्काल सांसद पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।