SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०६:४८ AM · 1 मिनेट पढाइ

अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौं, २४ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आजदेखि देशव्यापी रूपमा सार्वजनिक तथा मालवाहक यातायात सेवा अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले ‘जेनजी’ समूहले हिजो आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्दै असहज परिस्थिति सिर्जना गरेको भन्दै शान्ति–सुरक्षाको विश्वसनीय प्रत्याभूति नहुँदासम्म यातायात सञ्चालन नगर्ने निर्णय लिएको हो ।