ढल्केबरमा बन्न लागेको ट्रमा सेन्टर अन्तै सार्न खोजिएकोबारे सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ
काठमाण्डु– सभामुख डोलप्रसाद अर्याल (डिपी) ले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्रै सार्ने तयारी भएको भन्ने विषयमा सरकारलाई संसदमा स्पष्ट जवाफ दिन रुलिङ गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले बजेट सुनिश्चित भइसकेको ढल्केबर ट्रमा सेन्टर सरकारले अन्यत्र सार्न लागेको भन्दै आपत्ति जनाएका थिए ।