SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०७:२३ AM · 1 मिनेट पढाइ

बालकोटस्थित ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौं, २४ भदौ । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ओली निवासलाई निशाना बनाएका हुन् । सोमबार भएको जेनजी प्रदर्शनमा प्रहरी दमनका कारण १९ जनाको ज्यान गएको थियो ।  त्यसपछि आन्दोलन झन् चर्किँदै गएको छ । आज बिहानैदेखि राजधानीमा विरोध प्रदर्शन तीव्र बनेको छ ।