SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०७:४४ AM · 1 मिनेट पढाइ

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारीमा

काठमाडौं, २४ भदौ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आन्तरिक छलफल सुरु गरेको छ । पार्टीका उपाध्यक्ष अब्दुल खानले हाल आन्तरिक बहस चलिरहेको जानकारी दिँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई पनि पदबाट राजीनामा दिन भनिएको बताए ।