SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०७:५५ AM · 1 मिनेट पढाइ

सुर्खेतमा काँग्रेस र एमाले पार्टी कार्यालयमा आगजनी

सुर्खेत,२४ भदौ । सुर्खेतमा जेन जी आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारीहरुले वीरेन्द्रनगर स्थित काँग्रेस र एमाले पार्टी कार्यालय तोडफोड गरेका छन् । उनीहरुले हत्यारा केपी ओली मुर्दावाद नारा लगाउँदै पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । त्यसैगरी आन्दोलनकारीहरुले प्रदेशसभा भवन तथा मुख्यमन्त्री कार्यालयमा पुगेर आन्दोलन गरेका छन् ।