आयोगका सदस्य डा. लिली थापाको नेतृत्वमा अनुसन्धान टोली गठन
काठमाडौँ, २४ भदौ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजीको आन्दोलनमा राज्यद्वारा व्यक्तिहरूमाथि भइरहेको हिंसा र हत्या तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पौडेलले जारी गरेको विज्ञप्तिमा, हिजो जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरी व्यक्तिको मृत्यु हुने घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण गरेको बताइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
