SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०८:२८ AM · 1 मिनेट पढाइ

रास्वपाका २० सांसदले सामूहिक राजीनामा दिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदले सामूहिक राजीनामा दिएका छन् । जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको मृत्यु भएको घटनापछि रास्वपाले यस्तो निर्णय लिएको हो । मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आक्रमणलाई “आमहत्याको प्रयास” भन्दै घोर निन्दा गरेको छ ।