SHARE
बुटवल टुडे · मङगलबार २४ भौ २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए। उनको मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए। २ दिनको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा सम्पत्ति नष्ट भइसकेको छ।